भर्खरै : Sorry, your browser does not support inline SVG.
मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने | झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ | नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प | सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श |

ताप्लेजुङ आगलागीमा पाँच घर जलेर नष्ट

ताप्लेजुङ आगलागीमा पाँच घर जलेर नष्ट

ताप्लेजुङ । आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । मंगलबार दिउँसो ४ बजेतिर आगलागी भएको प्रहरीले बताएको छ ।

सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको हो । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको र आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले बताएको छ । आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.