भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो तर …..

तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो तर …..

काठमाण्डौ । अन्नत हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज मुस्ताङको थसाङ–२ सानोस्वारे क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाले हो । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।

हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको थियो । आइतबार दिनभर खोजी गर्दा पनि विमान फेला परेको थिएन । सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हिमालय उद्धारकर्ताहरूको टोली विमान खोजीमा परिचालन गरिएको थियो ।

विमानमा १३ नेपाली, चार भारतीय, २ जर्मन नागरिक यात्रु थिए भने तीन जना चालक दलसहित २२ जना रहेका थिए । विमानको क्याप्टेन प्रभाकर घिमिरे थिए को–पाइलट उत्सव पोखरेल र परिचारिका किस्मी थापा थिए । विमानमा २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेका छन् ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

 

 

 


Thali Mobile Pvt.Ltd.