भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने ‘बेलिब्रिज’ निर्माण हुँदै

तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने ‘बेलिब्रिज’ निर्माण हुँदै

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ । सिन्धुपाल्चोकका तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने
मेलम्चि नदीमा नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको हो । मेलम्चीपारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने बेलिब्रिज बनेपछि स्थानीयबासिन्दाले प्रत्यक्ष लाभ लिने उल्लेख गरिएको छ ।

सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’ का रूपमा समेत यो सडकलाई प्रयोग गर्न सकिन्छ । बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको बताइएको छ । झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाले जनाएको छ ।

हिउँदको समयमा ह्युमपाइप राखेर सडक खुलाए पनि बर्खा लागेसँगै समस्या भैरहेको छ । २०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दाले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.