भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार

तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-३ गढीगाउँबाट प्रहरीले दुई किशोरीलाई उद्धार गरेको छ ।

मोरङ उर्लाबारी घर भएका १४ वर्षीया ती किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनीहरुलाई तीन दिनदेखि बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । दुवै किशोरीलाई स्थानीय सनिश याख्खाको घरमा बन्धक बनाइएको वक्ता खनालले बताए ।

घटनामा संलग्न रहेको आरोपमा उर्लाबारी नगरपालिका-५ सूर्य चोकका १९ वर्षीय प्रतीक विक र चौबिसे-३ गढीगाउँका वर्ष १९ कै सनिश याक्खा पक्राउ परेका छन् । किशोरीलाई उनीहरुले ललाइफकाई भगाएर ल्याएको प्रहरीको भनाइ छ ।

मुढेबास प्रहरी चौकीले नियन्त्रणमा लिएका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगी अनुसन्धान अघि बढाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.