धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-३ गढीगाउँबाट प्रहरीले दुई किशोरीलाई उद्धार गरेको छ ।
मोरङ उर्लाबारी घर भएका १४ वर्षीया ती किशोरीलाई गढीगाउँको एक घरबाट शनिबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनीहरुलाई तीन दिनदेखि बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । दुवै किशोरीलाई स्थानीय सनिश याख्खाको घरमा बन्धक बनाइएको वक्ता खनालले बताए ।
घटनामा संलग्न रहेको आरोपमा उर्लाबारी नगरपालिका-५ सूर्य चोकका १९ वर्षीय प्रतीक विक र चौबिसे-३ गढीगाउँका वर्ष १९ कै सनिश याक्खा पक्राउ परेका छन् । किशोरीलाई उनीहरुले ललाइफकाई भगाएर ल्याएको प्रहरीको भनाइ छ ।
मुढेबास प्रहरी चौकीले नियन्त्रणमा लिएका दुवैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगी अनुसन्धान अघि बढाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...