थप १९८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख २२ हजार नाघ्यो

थप १९८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख २२ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । थप ३०४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २ हजार ६७ पुगेको छ ।

थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.