भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अब वडासम्म इन्टरनेटको पहुँच पुग्ने

अब वडासम्म इन्टरनेटको पहुँच पुग्ने

काठमाडौँ । सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा लागि परेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए ।

गुरुङले नागरिक साझेदारीका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाइल एप’ सञ्चालनको कामलाई अघि बढाइएको बताए । विकट क्षेत्रमा रहेका नागरिकलाई सूचना प्रविधिको पहुँचमा पुर्‍याउनका लागि स्थानीय तहका वडासम्म इन्टरनेटको सहज पहुँच पुर्‍याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले जानकारी दिए ।

सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिने बताए ।

 


Thali Mobile Pvt.Ltd.