थप ५२ जना कर्णालीका सहित देशैभर कोरोना संक्रमितको संख्या ५,७६० पुग्यो (भिडियाेसहित)

थप ५२ जना कर्णालीका सहित देशैभर कोरोना संक्रमितको संख्या  ५,७६० पुग्यो (भिडियाेसहित) image

३२ जेठ २०७७ आइतबार, काठमाडौं । नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२५ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका ४२५ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन् । कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । ७३ जिल्लामा संक्रमण देखिएको छ ।

३७ जना दैलेखका गरी  कर्णालीमा ५२ जनामा काेराेना, संक्रमित संख्या ९६७ पुग्याे

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ५२ जनासंगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९६७ पुगेको हो । सुर्खेतमा गरेको परीक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये ३७ जना दैलेख र १५ जना सुर्खेत का हुन् ।

भिडियाे हेर्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/1378820208967831/

अहिलेसम्म कर्णाली प्रदेशका ९३ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  संक्रमित ३ जना बर्दिया र ३ जना बाँकेका छन् । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पेटको उपचार गर्न आएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोहलपुरको सर्जरी वार्ड सिल

बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको सर्जरी वार्ड सिल गरिएको छ। उक्त वार्डलाई डिसइन्फेक्ट गर्नका लागि आइतबार एक दिनका लागि सिल गरीएको अस्पतालका असिस्टेन्ट डाइरेक्टर डा नितेश कनोडियाले जानकारी दिए।

उनका अनुसार अस्पतालका अन्यस सेवा भने सुचारु छन् । १० दिन अघि अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालमा कार्यतर डाक्टर, नर्स सहित २५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गृहमन्त्री र ठगी भएका सहकारीको नाम उल्लेख गर्नुपर्छ:कांग्रेस image

    गृहमन्त्री र ठगी भएका सहकारीको नाम उल्लेख गर्नुपर्छ:कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष जिम्मेवारपूर्ण रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ। आज बिहानदेखि संसदीय समितिको क्षेत्राधिकार निर्धारणका...

  • प्रचण्डलाई माधव नेपालको विश्वासको मत image

    प्रचण्डलाई माधव नेपालको विश्वासको मत

    काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय image

    गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको...

  • संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल image

    संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

    काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो। आइतबार बस्ने प्रतिनिधि...


hotelghyampedanda