भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

थप ५ जिल्लाको सदस्यता विवाद कांग्रेसले टुंग्यायो

थप ५ जिल्लाको सदस्यता विवाद कांग्रेसले टुंग्यायो

काठमाडौं । थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद नेपाली कांग्रेसले टुंग्याएको छ । विवाद टुंगो लगाएर विवरण समितिलाई बुझाइएका जिल्लामा आइतबार निर्वाचन अधिकृत खटाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण बुझाइएको हो । बाँकी सात जिल्लामध्ये तीन जिल्लाको विवाद पनि टुंगिएको छ ।

निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलाली रहेका छन् । ५४ जिल्लाको पालिका अभिवेशन सकिएको छ । काठमाडौमा वडा अधिवेशन सम्पन्न भएपनि अन्तिम परिणाम प्राप्त नभएकाले पालिका अधिवेशन असोज १६ गतेका लागि तय गरिएको छ । कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

कांग्रेसले दसैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ । सोही अनुसार हिजोदखि गाउँ–नगर अधिवेशन सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा गाउँ–नगर अधिवेशन सुरु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.