भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

थाइल्याण्डमा गोली प्रहार हुँदा चार जनाको मृत्यु

थाइल्याण्डमा गोली प्रहार हुँदा चार जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी भागमा एक अज्ञात व्यक्तिको समुहले गोली चलाउदा चार जनाको मृत्यु भएको हो । थाइल्याण्डमा विगत १२ महिनामा हिंसात्मक घटना तीब्र भइरहेको छ ।

थाइल्याण्डमा गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गर्दा २४ जना बालबालिका सहित ३४ जनाको मृत्यु भएको थियो । यसैगरी गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।

राजधानी बैंककबाट करिब ६ सय किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा प्रवेश गरेका बन्दुधकारीको समहुले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको पछिल्लो घटना हो ।

 


Thali Mobile Pvt.Ltd.