भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

उदयपुरका एक जनाको मृत्यु

उदयपुरका एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मुख्यचोक नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर लिँदा मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु भएको छ । मदनभण्डारी लोकमार्ग अन्तरगत दुर्घटना हुदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ स्थित साउनेका तारिणी थापा मगरको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २१४८ नम्बरको मालबहाक ट्रकले प्र।नं।१–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.