भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दक्षिणी रसुवामा चोरीका घट्ना बढ्दै

दक्षिणी रसुवामा चोरीका घट्ना बढ्दै

रसुवा, । व्यक्तिगत घर तथा वित्तीय संस्था फुटाली धनमाल चोर्ने घटना दिन प्रतिदिन बढेपछि दक्षिणी रसुवाका बासिन्दा अहिले त्रसित भएका छन् । उनीहरुले गाउँको सुरक्षार्थ टोलटोलमा पहरा दिनेकार्य गर्न योजनासमेत बनाएका छन् । गत वैशाख १९ गतेबाट चोरीको घटना हुन थालेपछि धैबुङ, बेतिनी, बेल्चौर, माझगाउँ, थाक्ले, उपल्लो पौवा, बनुवा, लहरे, मनिगाउँ, ढुङ्गे, कर्मिडाँडा, डाँडागाउँ, ठुलोगाउँलगायतका आसपासका हजारौँ स्थानीय त्रसित बनेका हुन् ।

अहिलेसम्म ती स्थानमा २६ निजी घर, चार सहकारी संस्था, दुई स्वास्थ्य संस्था, एक वडा कार्यालयसमेतमा नगद तथा केही सुनका गरगहना एवं मेशनरी उपकरणसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हालसम्म विभिन्न घर तथा संस्थाबाट रु चार लाख ७३ हजार, चार तोला सुन चोरी भएको पीडितबाट जानकारी आएको जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिए । उनले चोरी गर्ने व्यक्तिको खोजीकार्य तीव्ररूपमा भइरहेको बताए । उनले गाउँघरमा आउने नयाँ वा शंकास्पद व्यक्तिको सुचना तुरून्तै प्रहरीलाई दिनसमेत स्थानीयमा अपिल गरेका छन् ।

प्रहरीले घर खाली गरेर नछाड्न, घरको बाहिरी भागमा रातभर बत्तिबाली उज्यालो राख्न, व्यापार वा भेटघाटको निहुँमा आउने व्यक्तिको बोलीचाली, हाउभाउको निगरानी बढाई प्रहरीलाई सुचना दिने कार्यमा सहयोग गर्न अपिल गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । चोरीको घटना बढेपछि धन–सम्पति जोगाउन स्थानीयले आज साँझदेखि जाग्राम बस्ने लहरेका डा. सरोज श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.