भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

दार्चुला-बैतडी-काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न

दार्चुला-बैतडी-काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको दार्चुला बैतडी काठमाडौँ पालिका नगर सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न भएको छ। देशैभर वडा सम्मेलन सुरु गरेको माओबादी केन्द्रले काठमाडौंको कोटेश्वर स्थित हिमालयन कलेजमा भव्यरुपमा कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले जनयुद्ध र जनआन्दोलनका उपलब्धि हासिल गर्न सबै एक भएर जानु पर्ने र सबैलाई संगठित गर्नु पर्ने बताए । कार्यक्रम सफल्ताको शुभकामना ब्यक्त गर्दै भट्टले अन्याय र अत्याचारका विरुद्ध हतियार बोकेर आएको पार्टीले जनताका अधिकारका लागि लड्न परे पछि नहट्ने बताए ।

सबै जातजाति र वर्गको समान सहभागिताको पार्टी नेकपा माओवादी केन्द्र भएको टिप्पणी गरे । यस्तै कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ रेण चन्दले महिला सहभागिता बिना अव कुनै पार्टीको अस्तित्व नरहने दावी गरिन् ।

महिला सशक्तिकरणको कुरा गर्नेले सबैभन्दा पहिला आफ्ना घरका महिलालाई सचेत र संगठित गर्नु पर्ने बताइन् । पार्टीभित्र महिला सहभागितालाई जोड दिदै अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिइन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.