भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य

जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य

टिब्लिसी, । जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गर्नुभएको छ । जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उहाँले अनसान अन्त्य गर्नु भएको हो । अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि निजि चिकित्सकको सल्लाहमा उहाँले हालका लागि अनसन अन्त्य गर्नु भएको जनाइएको छ । कारागारमा अनसानका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।

आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेर जेलमा राखिएको भन्दै उहाँले आफुलाई तत्काल रिहा गर्न माग गर्दै कारागारमै अनसान बस्नु भएको थियो । अनसन गरिरहेका बेला ५३ वर्षीय नेता साकाश्भीली गत बिहीबार बेहोस हुनुभएको थियो । चिकित्सकले उहाँलाई तत्काल अस्पताल लैजान सुझाव दिएका थिए । उहाँलाई नियमित स्वास्थ्य परीक्षण गर्नेगरी चिकित्सकको निगरानीमा राख्नु पर्ने र त्यसो गर्न नसकेमा उहाँको जीवन नै खतरामा रहेको चेतावनी चिकित्सकले दिएका थिए ।

चिकित्सकको सुझाव र सिफारिसका आधारमा न्याय मन्त्री राती ब्रेगाड्जले शुक्रबार उहाँलाई अस्पताल लैजान अनुमति दिनुभएको थियो । “उहाँको स्वास्थ्य र सुरक्षाका लागि राज्य सधैँ तत्पर छ,” मन्त्री ब्रेगाड्जले भन्नुभयो । उहाँले विपक्षी नेता साकाश्भीलीको स्वास्थ्य र सुरक्षाका लागि सबै उपाय अपनाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नु भएको थियो । विपक्षी नेता साकाश्भीलीले अनसन तोडेपनि आफ्नो आन्दोलन र माग भने यथावत रहेको स्पष्ट पार्नु भएको छ ।

“मैले पूर्वाग्रहपूर्ण तरिकाले मलाइ कारागार राखिएको विषयलाई स्वभाविक मानेको छैन, म यसलाई अवैध र अवैधानिक नै मान्छु, म स्विकार गर्दिन,” उहाँले भन्नु भएको छ । आफुलाई गरिएको अन्यायका विरुद्धमा आफू बाँचुन्जेल लडिरहने र प्रतिवाद गरिरहने अठोट पनि उहाँले व्यक्त गर्नु भएको छ । सन् २०१८ मा उहाँलाई वर्षे जेल सजाय तोकिएको हो । पदमा रहँदा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोपमा उहाँलाई कारागार चलान गरिएको थियो ।

त्यस आरोपलाई उहाँले भने अस्विकार गर्दै आउनु भएको छ । अहिलेको सत्ताधारीले आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा दोषी देखाएर कारागारमा राख्न लगाएको उहाँको दावी छ । स्वास्थ्य अवस्था अति जटिल हुँदासमेत उहाँले आफ्नो अडान र दावीलाई दृढताका साथ कायमै राख्नु भएको छ । चिकित्सकले उहाँको अवस्था अहिले पनि खतरापूर्ण रहेको जानकारी दिएका छन् । तर सुधार भने हुन थालेको उनीहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.