भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँः अध्यक्ष दाहाल

अदालतमा राजनैतिक हस्तक्षेप नदेखियोस् भन्नेमा छौँः अध्यक्ष दाहाल

चितवन, । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताउनुभएको छ । यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा आज उहाँले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो ।” अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ ।” केही दिनभित्र नै समस्या समाधान हुने आशा रहेको उहाँको भनाइ थियो । उहाँले चाँडै समस्या समाधान गर्न अपिल गरिएको बताउनुभयो । उहाँले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एमसिसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ ।”

नेकपा एमालेको महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “सुरुआतमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको विवादमा मात्रै केही समस्या हो ।” पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरविरोधका कारण समस्या आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ ।” नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको जनाउँदै उहाँले एमसिसीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा, नगर हुँदै हुने अधिवेशनलगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीसँग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले सहकार्य भएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विप्लवजीसँग मेरो नियमित जसो सम्पर्क भएको छ, अहिले भर्खर पार्टी एकता भन्ने होइन, सहकार्य गरेर जानुपर्छ भन्ने हो ।” बिस्तारै परिवर्तनका मुद्दामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उहाँको भनाइ थियो ।

 


Thali Mobile Pvt.Ltd.