भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

दिवा खाजा कार्यक्रमले शिक्षामा बालिकाको पहुँच बढाउँदै

दिवा खाजा कार्यक्रमले शिक्षामा बालिकाको पहुँच बढाउँदै

सुदूरपश्चिम । सरकार र विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण र दिवा खाजालगायत कार्यक्रमका कारण शिक्षामा बालिकाको पहुँच बढ्दै गएको छ । सीमान्तकृत बालिकाको शिक्षामा पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीबीच धनगढीमा आयोजित कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न लागू भएको दिवा खाजा कार्यक्रम सकारात्मक देखिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका झण्डै १२ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रतिनिधि सहभागी उक्त छलफल कार्यक्रमबाट शिक्षामा सीमान्तकृतको पहुँच बढाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एउटा स्थानीय तहले गरिरहेको राम्रो अभ्यास अर्को स्थानीय तहले पनि कार्यान्वयन गर्न सक्ने भएकाले यस्तो छलफल निकै प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बालिकाहरुलाई सहजरुपमा शिक्षा प्रदान गर्नका लागि विद्यालयहरु पनि बालिका मैत्री हुनु र सम्बन्धित अभिभावकको सोचमा परिवर्तन आउन जरुरी छ ।”

धनगढी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत महादेश जोशीले पहिलेको तुलनामा बालिकाको शिक्षामा पहुँच बढ्दै गएको बताउनुभयो । अझै पनि भौगोलिकरुपमा विकट र चेतनाका दृष्टिमा पछि परेको कतिपय समुदायका अभिभावक आफ्ना बालिकालाई विद्यालय पठाउन विभिन्न कारणले सकिरहनु भएको छैन, उहाँले भन्नुभयो

बालिकाको शिक्षामा थप पहुँच बढाउनका लागि सम्बन्धित अभिभावकमा पनि चेतना फैलाउनु पर्ने देखिएको कार्यक्रमका सहभागीहरुको जोड थियो । मर्सिकोर नेपाल र ब्याकवार्ड सोसाइटी ऐजुकेशन ९बेस० जस्ता संस्थाले कैलालीलगायतका जिल्लामा शिक्षामा बालिकाको पहुँच बढाउन सीमान्तकृत बालिकाको शिक्षामा पहुँच सहयोग परियोजनामार्फत विभिन्न सहयोग पु¥याइरहेको जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.