भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

सुदुरपश्चिमको उग्रतारा मन्दिरबारे तथ्य जान्नुहोस्

सुदुरपश्चिमको उग्रतारा मन्दिरबारे तथ्य जान्नुहोस्

सूदूरपश्चिम । उग्रतारा मन्दिर सुदूरपश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाइ नेपालको सूदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भेटिएको छैन ।

अबस्थित

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५कि।मि। टाढा डडेलधुरा , बैतडीराजमार्गको पश्चिम पटीको अग्लो विशाल तथा रमणिय फाटमा रहेको छ । याहा कतैबाट ओर्लेर मन्दिरमा प्रवेश गर्ने मार्ग नभई प्रकृत प्रदत फाँटमा अवश्थित उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरूले उक्लेर जानु पर्दछ।

ऐतिहासिक पृष्टभुमि

धेरै वर्ष उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो। जुनकुरा त्याहाको हाल रहेको भु(बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ। हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरूले कृषि कार्य गर्दथे। एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन ।

रगत धेरै आउदा रगतको खोला बग्न शुरु भयो। हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ र यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको “मास” को खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो। त्यसपछि त्यस सिलाललाई सुरक्षित गरी मन्दिर निर्माण गरियो। ति किसान नै त्याहाँको पुजारी भए र तिनको सन्तानहरूले पुजारीहुदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर अन्य परम्परागत क्रिया गरी वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने पर्चलन छ।

यसरी पजारी अवतार नभएको अबश्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टढा मात्र ब्राम्हणहरूले पुजा गराउने चलन छ । यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवश्थासम्मपनि सन्तान नभएको ले सन्तान पाउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुस्ख पाइन्छ भन्दा उसले सन्तानको ढपी गरिरहदा उनको छोरो भयो। छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक वर्षको उग्रताराको मेला हुने अघिल्लो दिन सो गागँमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत सछ । र आएका पाहुनाहरूको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन।

सोही हुनाले आधारातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेकोर त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्न आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्टा मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ। यसै प्रकार उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ। कार्तिक पुर्णिमा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खाबाट लडाकुहरूले आफ्नो विरतासाथ लडाई हुदा रगतको खोला बग्ने जसलाई यहा त्यहा न्वाखोलाकोरूपमा नामकरण गरिएको छ।

यहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरिबाट मात्र नभई विभिन्न जिल्लाबाट मेला भर्न आउदछन। यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिउद लाग्ने हुदा डडेलधुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आउछन।खनमडा, छचोडा,दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ। यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने ,मन्दिर पग्न अगाढी लटाउली, लगायतखनमडाट, जिलोडा र दमडामासाँस्कृतिक झलकका साथ खेल र जात्रा गरी देउरो उग्रतारामा लगीन गौरवमय परम्परा आफैमा रोमान्चक छ ।

 


Thali Mobile Pvt.Ltd.