भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

दुबई पठाउने भन्दै भारतमा लगेर महिला बेच्ने पक्राउ

दुबई पठाउने भन्दै भारतमा लगेर महिला बेच्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई नक्कली राहदानी बनाई बिक्री गरेको खुलेको छ ।

मानव बेचबिखनको एउटा गिरोहले वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पुर्‍याएर बिक्री गरेको खुलेको हो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक रु ५० हजार तलब पाउने आश्वासनमा नक्कली भिसा बनाएर पीडितबाट रु एक लाख ५० हजार र भारतीय नागरिकबाट भारु तीन लाख ५० हजार लिई बिक्री गरेको पत्ता लगाएको ब्यूरोका प्रमुख दुर्गा सिंहले जानकारी दिए ।

घटनामा भुपालमान श्रेष्ठ र रमेश खड्कालगायत व्यक्ति संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको तथा खड्का भने हाल कारागारमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.