३२ जेठ २०७७ नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे कार दुर्घटनामा मृत्यु भएको छ ।
सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको हाे । दुर्घटनामा घाईते भएका शर्माकाे अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केशीले जानकारी दिए ।
शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो । जिल्लामा विपद व्यवस्थापन समितिको बैठकमा सहभागिता हुन शर्मा परासीतर्फ गइरहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...