भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते

दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते

सुदूरपश्चिम । कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आज से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छ भारतीय मजदूर घाइते भएका छन् । सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, कमलेशकुमार, गिरी धारीलाल, संजयकुमार, निरज कुमार र चालक मोहम्मद साह रहेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । स्थानीय क्षेत्रमा दक्ष कामदार नपाउँदा सडक कालोपत्रे गर्ने कामका लागि भारतका विभिन्न क्षेत्रवाट कामदार आउने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.