भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रतिनिधिसभालाई जीवन्त बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रतिनिधिसभालाई जीवन्त बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडाैं ।  प्रतिनिधिसभालाई प्रभावकारी र जीवन्त बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बाालुवाटारमा आज भएको छलफलमा उहाँहरूबीच सङ्घीय संसद्मा विचाराधिन रहेका महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो । प्रतिनिधिसभालाई कसरी जीवन्त र जनमुखी बनाउन सकिन्छ भन्ने बारेमा उहाँहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच प्रतिनिधिसभाको बैठक सञ्चालनको समग्र प्रक्रियाबारे कुराकानी न्यौपानेले उल्लेख गर्नुभयो । गत फागुन ११ गते प्रतिनिसभाको पुनःस्थापना भए पनि हालसम्म बैठक महत्वपूर्ण कार्यसूचीमा प्रवेश गरेको छैन । हिउँदे अधिवेशनलाई विशेष गरी विधेयक अधिवेशनका रुपमा लिइन्छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गतेका लागि बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.