काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जाने तयारी थालेका हुन ।
गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।
हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका देउवा लगतै भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिलो साताको मिति प्रस्ताव गरिएको छ भने जनवरी १० मा पनि हुनसक्ने बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।
