भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन |

देशभर थपिए १ हजार ३५१ संक्रमित, मृतकको संख्या ४८१ पुग्यो

देशभर थपिए १ हजार ३५१ संक्रमित, मृतकको संख्या ४८१ पुग्यो

काठमाडौँ । नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् भने अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।

उपत्यकामा ८१७ संक्रमित थपिए
६४९ सहित काठमाडौँ उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २३५ महिला र ४१४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरमा १६ महिला र २० पुरुषसहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ५० महिला र ८२ पुरुषसहित १३२ जनामा कोरोना पुष्टि भएको छ ।

मृतकको संख्या ४८१ पुग्यो
थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.