भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पैरवी समूहको अभिमुखीकरण सम्पन्न

पैरवी समूहको अभिमुखीकरण सम्पन्न

बाबुकाजी श्रेष्ठ/ भक्तपुर । बढ्दो कोरोना भाइरसको प्रभावलाई ध्यानमा राखी सामाजिक दूरी र अपनाउनु पर्ने उपायहरु अवलम्बन गरी नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय कार्यक्रम पैरवी समूहको अभिमुखीकरण तथा वैठक कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय अजिमा पार्टी महल भक्तपुरमा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रशिक्षक सुरेश प्रधानले क्षयरोग, चुनौति, समस्या र अधिकारका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ ले क्षयरोगी विरामीहरुलाई पारेको असर र चुनौतीलगायत संस्थाको गतिविधि बारे संस्थाका सभापति राम सिख्वःले प्रशिक्षण दिएका थिए ।

TB bkt2कार्यक्रममा विनोद पुरीको संयोजकत्वमा ८ सदस्यी पैरवी समूह गठन भएको गरिएको छ । समूहको सदस्यहरुमा प्रखिप लाखे, शनीमैंया वैद्य, सुनिल माकः, श्याम कपाली, प्रिया लाखे र नविना दुवाल रहेको संस्थाका कार्यालय सचिव सिहण्य प्रताप सांगामीले बताए ।

पैरवी समूह गठन पश्चात आगामी कार्यक्रम समेत निर्धारण गरिएको उक्त कार्यक्रममा संस्थाको तर्फबाट निरीक्षण गरी प्रतिवेदन समेत पेश गरिएको संस्थाका उपसभापति विष्णु न्हिसुतुले जानकारी दिए । नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा ५० जना सहभागीको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.