१९ जेठ २०७७ काठमाडौं । नेपालमा सोमबार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । नयाँ संक्रमितहरुमा एक वर्षीया बालिकादेखि ६५ वर्षीयसम्म रहेका छन् ।
कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशलामा पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ आएको छ । जसमा अधिकांश दैलेखका रहेका छन्। प्रदेश अस्पताल तथा पशुपंक्षी प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ। त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ। त्यस्तै सुर्खेतका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ आएको छ ।
जसमा कपलिवस्तुका २ छन् । रौतहटका १७ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना पोजेटिभ आएको छ । जसमा सातैजना बाँके डुढुवाका पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका ५ जनासहित नौजनामा संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ जनामा संक्रमण पुष्टि भएको छ। जसमा धनुषा धननौजीका ४ जना, हंसपुरका २ जना र प्रदेश अस्पतालका १ जना रहेका छन् । त्यसैगरी शिवराज कपिलवस्तुका १२ जनामा संक्रमण पुष्टि भएको छ। कपिलवस्तुकै हरिहरपुरका ८ जनामा संक्रमण देखिएको छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/3112728985488056/
कपिलवस्तुकै महाराजगञ्जका २ जनामा पनि कोरोना देखिएको छ। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको रंगिलाल माविका ११ जनालाई कोरोना पुष्टि भएको छ। त्यसैगरी कपिलवस्तु चन्द्रौटा माविका ३ जना र अन्य दुईजनाम पनि संक्रमण देखिएको छ।
महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीको जनमावि क्वारेन्टाइनका ५ जना महिलामा पनि संक्रमण देखिएको छ। त्यसैगरी सर्लाही जनता मावि क्वारेन्टाइनमा का ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
सिरहाको सूर्यनारायण माविका ५ जनामा पनि कोरोना देखिएको छ। त्यस्तै सेती अस्पतालमा १८ जना पोजेटिभ भेटिएका छन्। जसमा अछामकी १ वर्षीया बालिका पनि छन्। त्यसैगरी कैलालीका १४ जना संक्रमित छन्। जसमा तीन महिला पनि छन् । बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...