भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

दलित समुदायमाथि भएको नरसंहारका विरुद्ध सबै नेपालीहरु बोल्नुपर्ने दलित अधिकारकर्मीहरु

दलित समुदायमाथि भएको नरसंहारका विरुद्ध सबै नेपालीहरु बोल्नुपर्ने दलित अधिकारकर्मीहरु

जेठ १९ २०७७,दिनेश गौतम युरोप ,साईप्रस
नेपालमा दलित समुदाय माथि भएको नरसंहार ,दलित बालिकाको हत्या लगाएतका विषयमा सारा नेपालीहरु एक मानव भएर विभेदको विरुद्धमा बोल्नुपर्ने राष्टिय सभाका संसाद रामलखन चमारले बताउनु भएको छ । चमारले नेपालको राजनितिक दलहरुमा रहेका सारा दलित समुदायका नेता कार्यकर्ताहरु समेत पार्टी भन्दा अलि माथि उठेर सामना गर्नुपर्ने बेला आएकोले अब सडक , सदन ,अदालत अन्र्तराष्टिय क्षेत्र, लगाएतका क्षेत्रहरुमा न्यायका लागि आन्दोलन गर्नुपर्ने सुझाव दिनु भएको छ ।
नेपाल पत्रकार महासघं यरोप शाखाले आज आईतवार आयोजना गरेको नेपालमा दलित समुदाय माथि भएको विभेदका विषयमा बृहत अनलाईन अन्र्त्क्रिया कार्यक्रममा चमारले रुकुमको घटना घटेपछि आफु जिल्ला स्तरमा रहेका दोषी नेताहरुलाई तत्काल बर्खास्त गरि कारवाही गर्न र सदनमा दलित समुदायको मुद्दालाई पार्टीको स्वार्थ भन्दा माथि उठेर उठाउने कोशिस गरिहेको जानकारी दिनुभयो ।
साथै पछिल्लो समयमा घटेको घटनाहरुबाट शिक्षा लिएर सारा दलित अभियान्ताहरु अवसरको रुपमा प्रयोग गरि जे जे सरकारले दलित समुदाय माथि कमी कमजोरी गरेको छ ती मुद्दाहरुलाई बुदागत रुपमा टेबलमा राखेर सरकारसगं बार्ता गर्नुपर्ने सांसद चमारको भनाई थियो । नेपाली दलित समुदायहरुले गाण्तन्त्र वा लोकतन्त्रका लागि सघंर्ष गर्ने बेलामा जति योगदान दिएका छन त्यसपछि दलित समुदायलाई सत्ता प्राप्तीका लागि अझै पनि राज्यको संरचना पुरानै रहेकोले धेरै दलित समुदाय धेरै कठिनाई भोग्नु परेको प्रतिनिधि सभाकी संसाद अन्जना विसुन्खेले बताउनु भयो । विशुन्खेले भन्नु भयो राज्यको संरचना पुरानै भएकोले राज्यको सांसदीय निकाय सबै क्षेत्रमा उच्च बर्गकै पहुच भैरहने , महिला , दलित अझै पिछाडि परिरहेकोले अब अधिकार प्राप्तीका लागि सघंर्षको खाचो रहेको छ ,आफुहरु पार्टी भित्र वा पार्टी बाहिर र आफै भित्र अन्र्तसघंर्ष गर्नुपर्ने हुन्छ । अनलाईन छलफलमा सांसद विशुन्खेले अबको बाटो सबै दलित समुदायका अगुवाहरु संयुक्त मोर्चा बनाएर राज्यसगं सघंर्ष गर्नुपर्ने उहाको भनाई थियो । त्यस्तै कार्यक्रममा पछिल्लो समयमा दलित समुदाय माथि भैरहेको दमनका विरुद्धमा नेपाली संचार जगतले खेलिरहेको भुमिका सरहनिय भएको भन्दै अगामी दिनमा अझै सशक्त भएर अवाज विहिनको अवाज उठाउनुपर्ने नेपाल पत्रकार महासघंका केन्द्रिय सचिव रेम बहादुर विश्वकर्माले आग्रह गर्नुभयो ।
विश्वकर्माले लकडाउनको अवधिभरमा नेपाल भरी ३२ भन्दा बढि घटनाहरु भएको जानकारी दिनुभयो । यसका साथै दलित समुदायहरु सम्बन्धी सरकारी मिडियाहरुले समाचारमा त्यत्ति प्राथमिकता नदिएकोले पत्रकार वि.क.को आरोप थियो । उहाले भन्नु भयो महासघंले विज्ञाप्ती जारी गरेर दलित माथि भईरहेको घटनाहरुलाई सत्यतथ्यका साथ बाहिर ल्याउनका लागि सबै संचारकर्मीहरुलाई आग्रह गरिएको छ । यस्तै नागरिक समाजका अगुवा भक्त विश्वकर्माले लाकडाउनका समयमा ३३ वटा भन्दा बढि जातिय विभेदको घटना र लैगिकं हिसांहरु बढेको बताउदै नरसंहार , हत्याहरु, कुरुर लगाएत भैरहेकोले अब युवाहरुले यस्ता कार्यलाई तोडिनुपर्ने बताउनु भयो । तर जातिय घटनाहरु बढावा दिनेहरुमा सबै भन्दा बढि जनप्रतिनिधि जो जिम्मेवार छन उहाहरुले खासै गम्भिर नभएको विश्वकर्माले आरोप लगाउनु भयो । उहाले भन्नु भयो ..सिगों सांसद , सरकार , सारा पत्रकार जगत लगाएत आफनो दायित्व बोध गर्दै विभेदका विरुद्धमा अवाज उठाउनुपर्ने हुन्छ , नेपालमा भएको घटनाको बारेमा संयुक्त राष्टसघं लगाएतले चासो ब्यक्त गरेकोले नागरिक समाज यस्ता घटनामा अत्यन्त गम्भिर भएको भनाई थियो ।
नेपाल जातिय छुवाछुत सम्बन्धि महासन्धिमा हस्ताक्षर गरेको सदस्य राष्टको हैसियतले रुकुम लगाएत रुपन्देहीको घटनाहरुलाई नेपालको अदालतले नै आजिवन काराबासको सजाय सुनाउनुपर्ने सबोच्च अदालतका अधिवक्ता शैलेन्द्र अम्बेडकले बताउनु भयो । अम्बेडकरले नेपालको सविधानले नै कानुनी रुपमा हत्याराहरुलाई आजिवन कारावासको ब्यवस्था गरेको छ यदि नेपालको अदालतले कार्यवन्यन नगरेको खण्डमा अन्र्तराष्टिय अदालत जान सकिने समेत जानकारी दिनुभयो । त्यस्तै नेपालमा सबै भन्दा बढि मधेशी दलितहरु पिछाडिएकोले अब सारा दलितहरु एकिकृत भएर आवाज उठाउनुपर्ने बेला आएको दलित समाजिक बिकास केन्द्र कपिलबस्तुका अध्यक्ष रामशरण रैदासले बताउनु भयो ।
उता नेपाल राष्टिय दलित पत्रकार सघंका केन्द्रिय अध्यक्ष विनोद पहाडीले जब सम्म दलित समुदायलाई राज्यले अधिकार सम्पन्न नबनाए सम्म राज्यले आरक्षण दिनुपर्ने बताउनु भयो । पहाडीले अहिलेको घटनामा सबै दलित समुदायका संसादहरुले छुुट्टै संसदीय टिम बनाएर घटनाको छानविन गर्न सुझाव दिनुभयो । कार्यक्रममा दलित सेवा सघंका निबर्तमान अध्यक्ष चक्रमान विश्वकर्मा , महिला अधिकारकर्मी सोना खटिक लगाएतले दलित समुदायको सवालमा सारा दलित अधिकारर्मीहरु एक हुनुपर्ने बताउनु भएके थियो ।पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा सचिव पेम्बा गेलु शेर्पाको स्वागत गर्नु भएको थियो भने सहजिकरण शाखाका उपाध्यक्ष राज कुमार दिकपाल , सचिव द्रोण रिजाल ,कार्यसमिति सदस्य पोल्यण्डबाट शेर बहादुर परियार , स्पेनबाट दिपेन्द्र गजुरेल , रवि चन्द्र भट्टराई र दिनेश गौतम लगाएतले सहजिकरण गर्नु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.