भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टी देशव्यापी आन्दोलन गर्ने प्रदर्शन गर्ने

पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टी देशव्यापी आन्दोलन गर्ने प्रदर्शन गर्ने

काठमाडौं । प्रधानमन्त्री इमरान खानलाई संसदमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्यूत गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ । पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ति पक्रिया सुरु गरेको विरोधमा सोमबार बसेको पार्टीको बैठकले देशव्यापी प्रर्दशन गर्ने घोषणा गरेको हो । निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने जनाइएको छ ।

अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा समेत आइतबार विरोध प्रदर्शन गरेका थिए । बुधबारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.