२८ जेठ २०७७ बुधबार, काठमाडौं । नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७९ जनामा संक्रमण देखिएको हो। आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।
नेपालमा हालसम्म ६७४ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन् ।
देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।
कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्याे
पछिल्लो २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या कर्णाली प्रदेशमा ७ सय ८ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतमा ९ जना र जाजरकोटका ३ जनामा कोरोना पुष्टि भएको हो ।
हेर्नुहाेस भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/936183423516187/
यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका(४ का एक जना, गुर्भाकोट नगरपालिका वडा नम्बर १२ का दुई जना, १४ का पाँच जना, सिम्ता गाउँपालिका(३ का एक जनामा कोरोना पुष्टि भएको छ । जाजरकोटको छेडागाड नगरपालिका(१२ का दुई जना र शिवालय गाउँपालिका १ का एक जनामा संक्रमण देखिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका १८ जना कोरोना संक्रमित निको घर फर्किएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मिनारायण तिवारीले बताए । यो सँगै कर्णाली प्रदेशका २९ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएका मध्ये ३ जनाको मृत्यु भएको छ ।
दैलेखमा संक्रमितको संख्या ३८६
दैलेखमा थप २५ जना नयाँ कोरोना संक्रमितसंगै संक्रमितकाे संख्या ३ सय ८६ पुगेको छ । डुङ्गेश्वर गाउँपालिकाका २५ जनासहित संक्रमितको संख्या ३८६ पुगेको हो । संक्रमितमध्ये नारायणका १९४, दुल्लुका ३९, चामुण्डाविन्द्रासैनीका १ र आठबीस नगरपालिकाका २ जना छन् ।
डुङ्गेश्वरका २८, महाबुका एक सय ८, भैरबीका २, गुराँसका २ र नौमूले गाउँपालिकाका १० जना छन् । तीमध्ये चारजना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...