१२ असार २०७७ दैलेख । दैलेख जिल्ला कोरोना महामारीको रेड जोनमा परेको र क्वारेन्टाइनमा बस्नेहरूको रेखदेखमा सरकार गम्भिर नभएको नेकपा (क्रान्तिकारी माओवादी)ले बताएको छ । संक्रमण समुदायमा फैलिएकाे भन्दै सरकारले दैलेखका सबै नागरिकको पीसीआर परिक्षण गर्नु पर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य भरत रेग्मीले बताए ।
आवश्यक स्वास्थ्य उपचार नपाएर नागरिक रोगले भन्दा भोकले आत्महत्या गर्ने स्थितिमा पुगेको जिकिर नेकपा (क्रान्तिकारी माओवादी)काे छ । समस्यामा परेकालाई केही हद सम्म भएपनि राहत मिलोस भन्ने उदेश्यले हर्कबहादुर शाही स्मृति फाउन्डेसनका तर्फबाट आवश्यक औषधि, खाद्यान्न, माक्स, सेनिटाइजर, साबुन वितरण गरिएको माेर्चाले जनाएकाे छ ।
दैलेख जिल्ला फैलिएको कोरोना संक्रमणलाई प्रदेश सरकारले पनि बेवास्ता गरेको प्रति खबरदारी जनाउदै स्वास्थ्यकर्मी, प्रहरी, आर्मी र क्वारेन्टाइनमा खटिने कर्मचारीको सुरक्षार्थ पिपिई, डाक्टर किड, ग्लोप्स वितरण गरेकाे हो । स्वदेश तथा विदेशमा रहेका नेपालीले गरेको सहयोग हर्कबहादुर शाही स्मृती फाउन्डेसन मार्फत सामाग्री वितरण गरेकाे फाउण्डेशनका अध्यक्ष दिपक बहादुर शाहीले बताए ।
कोरोना कहरकै विचमा सामाग्री लिएर चामुण्डा विन्द्रासैनी नगरपालिकामा पिपिइ २० सेट, सेनिटाइजर २५ लिटरका ५ जार, डाक्टर सेफ्टि कीट १० थान, सेनिटाइजर १०० बोतल, माक्स मेडिकेटेड ३००० थान र ६ बाकस माक्स र अति विपन्न १ सय परिवारलाई चामल वितरण गरेको शाहीले बताए ।
त्यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखमा पिपिइ ५ सेट, सेनिटाइजर ५ लिटरको २ जार, डाक्टर सेफ्टि कीट ५ थान, सेनिटाइजर ११ बोतल, माक्स मेडिकेटेड ५०० थान र ग्लोव्स प्रदान गरिएको छ । दुल्लु नगपालिकामा चामल, दाल, सेनिटाइजर, २ कार्टुन, पिपिइ, ग्लोप्स २०० थान, माक्स मेडिकेटेड १००० थान र डाक्टर सेफ्टि किट ५ थान प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।
दातृ संस्था र दाताहरूले कोरोना नियन्त्रणका लागि उपलब्ध गराएका स्वास्थ्य सामाग्री दैलेखका विभिन्न ठाँउमा वितरण गरिएको अध्यक्ष दिपकबहादुर शाहीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...