भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११७५५ पुग्दा मृतककाे संख्या २७

थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११७५५ पुग्दा मृतककाे संख्या २७

१२ असार २०७७ काठमाडौं । २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको हाे ।

पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ । कुल संक्रमितमध्ये २७ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ ।

थप एक संक्रमित सहित २७ को मृत्यु

नेपाल थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो ।

जाँचको क्रमको उनको मृत्यु भइसकेको र उनको परिवार समेत सम्पर्कमा नभएकाले खोजी भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ । यो सँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको हाे ।

डिस्चार्ज हुनेको संख्या २६९८

२४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । तीमध्ये ८ महिला र ४० जना पुरुष छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका एक महिला र १९ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र दुई पुरुष, कोभिड १९ यूनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट सोलुखुम्बु,बारा र रौतहटका एक एक जना पुरुष र पाटन अस्पतालबाट काठमाडौंका २ महिला र रामेछापका एक पुरुष संक्रमण मुक्त भएका छन् ।

त्यसैगरि, महिला विकास कार्यालय, तम्घास गुल्मीबाछ एक महिला र १२ पुरुष, महेन्द्र मावि तम्घास गुल्मीबाट एक महिला र ३ पुरुष निको भएर डिस्चार्ज भएका छन् । देशभरबाट हालसम्म २ हजार ६९८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन् । जसमा महिला २२४ र २ हजार २७४ जना पुरुष रहेका छन् ।

१० वटा प्रयोगशाला थप गर्ने
पिसिआर विधिबाट कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको क्षमता बढाउने भन्दै थप प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो। मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छन् ।

यो सँगै प्रयोगशालाको संख्या ३३ पुग्ने भएको छ । मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

कर्णालीमा थप २६ जनामा कोरोना
कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जुम्लामा रहेका काठमाडौं टोखा निवासी २९ वर्षीय पुरुष सहित ७ जिल्लाका २६ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतका १३, दैलेखका ५, सल्यानका ३, जाजरकोटका २ र जुम्लाका १ जना मा कोरोना संक्रमण देखिएको हो । यो सहित कर्णाली प्रदेशमा हालसम्म १ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये कर्णालीमा ७२० जना संक्रमण मुक्त भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

जिल्ला अनुसार संक्रमित…

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङमा २, झापामा १ र सुनसरीमा १०, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जनामा कोरोना भेटिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १२, महोत्तरीका ४ र सिरहाका ६, नारायणी अस्पताल वीरगञ्जमा धनुषाका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १, बैतडीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीका ४६, गोरखाका ५, कैलालीका ३०, कञ्चनपुरका ४२, कपिलवस्तुका ९, रौतहटका ४६ र सल्यानका १ जनाको कोरोना पाइएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको प्रयोगशालामा गोरखाका १, नवलपरासी पूर्वका २, नुवाकोटका १ र काठमाडौंका ३, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १२, कैलालीका १ र नवलपरासी पूर्वका २१ जनामा कोरोना भेटिएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गुल्मीका १२, कपिलवस्तुका ८, रौतहटका ५ र सिन्धुलीका ३, वीर अस्पताल काठमाडौंमा रौतहटका ५ र सिन्धुलीका ३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कास्कीका २, लमजुङका ६ जनामा कोरोना भेटिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, तनहुँका २ र स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ३, गुल्मीका १३, कपिलवस्तुका ४, पाल्पाका ७६, नवलपरासीका १ र रुपन्देहीका ६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा दाङका ७५ र प्यूठानका २० जनामा कोरोना भेटिएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका ५, जाजरकोटका २, मुगुका १, सल्यानका ३ र सुर्खेतका १२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.