भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

दैलेखमा थप एक काेराेना संक्रमितको मृत्युसंगै कर्णालीमा मृतककाे संख्या पाँच पुग्याे

दैलेखमा थप एक काेराेना संक्रमितको मृत्युसंगै कर्णालीमा मृतककाे संख्या पाँच पुग्याे image

९ असार २०७७ दैलेख । कोरोना पोजेटिभ दैलेखमा एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा दुल्लु नगरपालिकाका –३ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । क्षयरोग पनि लागेका उनको अस्पतालमा भर्ना गरिसकेपछि पीसीआर परिक्षण गरिएको थियो ।

पीसीआर रिर्रोट पोजेटिभ आएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

karnaliकर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ । कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३३ र सबैभन्दा कम डोल्पा र रुकुम पश्चिममा १/१ तथा मुगु र हुम्लाका २/२ जनामा कोरोना पृष्टी भएको छ ।

सल्यानका १ सय ७३, सुर्खेतका ३ सय २, जाजरकोट १०, कालिकोट ४३, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda