भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

धुलिखलेको मेयर एकीकृत समाजवादीलाई

धुलिखलेको मेयर एकीकृत समाजवादीलाई

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच काभ्रेमा बागबन्डा मिलेको छ ।

कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमति अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका नेतृत्व लिनेछ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका र तेमाल, रोशी र बेथान चोक गाउँपालिका रहेको छ ।

नेकपा एकीकृत समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको नेतृत्व लिनेछ । नेकपा माओवादी केन्द्रले ४ गाउँपालिकाको नेतृत्व पाउने छ जसमा चौँरीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.