भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

धेरै सुते के हुन्छ ? जानी राखौं

धेरै सुते के हुन्छ ? जानी राखौं

खाना खाएपछि फुर्सद हुने वित्तिकै मान्छे झुपुक्क निदाउन खोज्छ प्राय दिउसमा। मानसिक र शारीरिक थकान मेट्ने उपाय पनि हो सुत्नु। तर, दिउँसो सुत्ने बानी देखि सावधान हुनुहोस्। दिउँसो एक घण्टाभन्दा बढी निदाउने मानिसलाई टाइप–२ डायबिटिज हुनसक्ने जापानी अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तीन लाखभन्दा बढी मानिसमा गरिएको एउटा अध्ययनका आधारमा विज्ञहरुको यस्तो चेतावनी दिएका छन्। यसअघि बेलायती विज्ञहरुले दीर्धकालीन बिमार र डायबिटिजले मानिसलाई दिउँसो कमजोर महसुस गराउने र सुतौँ–सुतौँ बनाउने बताएका थिए। तर, दिउँसोको सुताइसँग डायबिटिजको सम्बन्धबारे भने उनीहरुले पुष्टि गर्न सकेका थिएनन्।

तर, जपानी टोलीले गरेको पछिल्लो अध्ययन अनुसार दिउँसो नसुत्ने मानिसलाई भन्दा दिउँसो एक घण्टाभन्दा बढी सुत्नेलाई टाइप–२ डायबिटिजको ४५ प्रतिशत बढी खतरा छ। उनीहरुका अनुसार ४० मिनेटभन्दा कम सुत्नेलाई भने यो डायबिटिजको खतरा छैन। राति सुत्न नपाउँदा दिउँसो निद्रा लाग्नु स्वभाविक कुरा हो।

असन्तुलित निद्राले हृदयघात, स्ट्रोक, मुटुजन्य समस्या, मेटाबोलिक डिसअर्डर, टाइप–२ डायबिटिज जस्ता समस्याको खतरा हुन्छ। कामको चाप वा सामाजिक जीवनशैलीका कारण कतिपय मानिसको निद्रा असन्तुलित हुन्छ। निद्रा कमजोर हुँदा भोक बढी लाग्ने र त्यसले टाइप–२ डायबिटिज निम्त्याउने अनुसन्धानकर्ताहरु बताउँछन्। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.