भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

धेरै सुते के हुन्छ ? जानी राखौं

धेरै सुते के हुन्छ ? जानी राखौं image

खाना खाएपछि फुर्सद हुने वित्तिकै मान्छे झुपुक्क निदाउन खोज्छ प्राय दिउसमा। मानसिक र शारीरिक थकान मेट्ने उपाय पनि हो सुत्नु। तर, दिउँसो सुत्ने बानी देखि सावधान हुनुहोस्। दिउँसो एक घण्टाभन्दा बढी निदाउने मानिसलाई टाइप–२ डायबिटिज हुनसक्ने जापानी अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तीन लाखभन्दा बढी मानिसमा गरिएको एउटा अध्ययनका आधारमा विज्ञहरुको यस्तो चेतावनी दिएका छन्। यसअघि बेलायती विज्ञहरुले दीर्धकालीन बिमार र डायबिटिजले मानिसलाई दिउँसो कमजोर महसुस गराउने र सुतौँ–सुतौँ बनाउने बताएका थिए। तर, दिउँसोको सुताइसँग डायबिटिजको सम्बन्धबारे भने उनीहरुले पुष्टि गर्न सकेका थिएनन्।

तर, जपानी टोलीले गरेको पछिल्लो अध्ययन अनुसार दिउँसो नसुत्ने मानिसलाई भन्दा दिउँसो एक घण्टाभन्दा बढी सुत्नेलाई टाइप–२ डायबिटिजको ४५ प्रतिशत बढी खतरा छ। उनीहरुका अनुसार ४० मिनेटभन्दा कम सुत्नेलाई भने यो डायबिटिजको खतरा छैन। राति सुत्न नपाउँदा दिउँसो निद्रा लाग्नु स्वभाविक कुरा हो।

असन्तुलित निद्राले हृदयघात, स्ट्रोक, मुटुजन्य समस्या, मेटाबोलिक डिसअर्डर, टाइप–२ डायबिटिज जस्ता समस्याको खतरा हुन्छ। कामको चाप वा सामाजिक जीवनशैलीका कारण कतिपय मानिसको निद्रा असन्तुलित हुन्छ। निद्रा कमजोर हुँदा भोक बढी लाग्ने र त्यसले टाइप–२ डायबिटिज निम्त्याउने अनुसन्धानकर्ताहरु बताउँछन्। एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda