भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

अबुजा । नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन् ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ । अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो । यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ ।

सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ । नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन् । सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.