भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने सरकारकाे तयारी

नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने सरकारकाे तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आजको बैठकमा सरकारले नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको हो।

बैठकमा गृहमन्त्री खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र२०७८’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

यस्तो छ आजको सम्भावित कार्यसूची…

 

 


Thali Mobile Pvt.Ltd.