भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नयाँ अर्थमन्त्री छानला त माओवादीले ?

नयाँ अर्थमन्त्री छानला त माओवादीले ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकप्रति सबैको ध्यान केन्द्रीत भएको छ । बिहीबार बस्ने केन्द्रीय समिति बैठक राजीनमा दिएका अर्थमन्त्री जनार्दन शर्माको ठाउँमा माओवादी केन्द्रले कस्लाई पठाउल भनेर सबैको ध्यान माओवादी केन्द्रको केन्द्रीय बैठकमा केन्द्रीत भएको हो ।

मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बुधबार प्रचण्डले जवाफ दिने र पदाधिकारी, स्थायी, पोलिटब्युरोको नामावली प्रस्ताव गर्ने कार्यक्रम थियो ।

माओवादी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार १९ र २० गते सञ्चालन भएको थियो । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो र पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.