भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता

नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता

काठमाडौं । रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक टेबल भइसकेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको भन्दै शनिबारदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको हो।

यसअघि पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म बन्दको घोषणा गरेकोमा शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानून संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता संसदमै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महशुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ’ ।

विज्ञप्ति…

 


Thali Mobile Pvt.Ltd.