भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतमा अब २ हजारको नोट नचल्ने

भारतमा अब २ हजारको नोट नचल्ने

भारतले दुई हजार दरको नोट नचलाउने निर्णय गरेको छ। भारतीय रिजर्व बैंकले २ हजारको नोट नचलाउने निर्णय शुक्रबार गरेको हो।

भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न निर्देशन दिएको छ। ​बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजारसम्मको नोट सटही गर्न सक्नेछन्।

भारतले नोभेम्बर २०१६ मा कालोधन नियन्त्रणका लागि भन्दै नोटबन्दी गरेको थियो। त्यसवेलाको ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउँदै गरिएपछि गुलाबी रंगका २ हजार र ५०० रुपैयाँको नयाँ नोट जारी गरिएको थियो।

एटीएमदेखि बैंकसम्म २ हजार दरका नोटको प्रचलन खासै नहुने आवाज उठ्ने गरेहो थियो। यसै क्रममा सन् २०२१ मा तत्कालीन वित्त राज्यमन्त्री अनुराग ठाकुरले केन्द्रीय बैंकले २०१९ र २० मा २ हजार दरको नयाँ नोट नछापेको बताएका थिए।

यो नोटको विषयमा प्रश्न उठिरहँदा शुक्रवार सरकारले २ हजार दरका नोट नै अब प्रचलनमा नल्याउने घोषणा गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.