भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

नागरिक स्वस्थ बनाउन खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही

नागरिक स्वस्थ बनाउन खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताउनुभएको छ । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकूद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकूद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकूद आवश्यक भएको बताउनुभयो ।

“खेलाडीमा राष्ट्रिय भावना हुन्छ र त्यही राष्ट्रिय भावना पैदा गर्ने हिसाबले छ वर्षदेखि माथिका बालबालिकाका निम्ति विद्यालयमा खेल शिक्षक भर्ना गरी उनीहरुलाई प्रशिक्षित गर्ने सोच बनाएका छौँ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसबाट स्वस्थ नागरिक मात्र नभई कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको मुख्य लक्ष्य रहेको छ ।” यसका लागि प्रत्येक जिल्लामा खेलाडी उत्पादन गर्न तालीम केन्द्र स्थापना गर्ने सोच रहेको उहाँले बताउनुभयो ।

खेल क्षेत्रलाई चलायमान बनाई यहाँका नागरिकलाई खेल क्षेत्रमा आकर्षित गर्न र दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने सन्देश दिन प्रदेश सरकार–११ र एन्फा–११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको मुख्यमन्त्री शाहीको भनाइ थियो । सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा एन्फा–११ ले ३–१ गोल अन्तरले विजयी भएको थियो ।

एन्फाका उपाध्यक्षसमेत रहनुभएका एन्फा–११ का कप्तान उपेन्द्रमान सिंहले कर्णाली प्रदेशका १० जिल्लामा फुटबल खेल सञ्चालन गर्ने गरी योजना निर्माण गरिएको र त्यसको प्रस्तावना प्रदेश सरकारलाई बुझाइएको बताउनुभयो । कोभिडका कारण गत वर्ष चैत ११ पछि ठप्प खेल गतिविधि सञ्चालनले खेलप्रेमीमा हौसला ल्याएको जिल्ला फुटबल महासङ्घ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले बताउनुभयो । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.