भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नारायणी सिँचाइ कार्यालयको जमीन हिनामिना

नारायणी  सिँचाइ कार्यालयको जमीन हिनामिना

वाग्मती (रासस) । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जको जमीन हिनामिना भएको छ । रु ३० करोडभन्दा बढी मूल्य बराबरको सात कट्ठा १५ धुर सरकारी जमीन हिनामिना भई व्यक्तिको नाममा दर्ता भएकाले छानबिन एवम् संरक्षण गर्न माग गरिएको छ । वीरगञ्ज महागनरपालिका–१४ मा रहेको उक्त कार्यालयको कम्पाउन्डभित्रको पूर्वपट्टिको सात कट्ठा १५ धुर जमीन मालपोत कार्यालय पर्साबाट व्यक्तिको नाममा दर्ता भएकाले जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरीसमेत गरिएको छ ।

वीरगञ्जका जहरुद्दिन अंसारीको नाममा मालपोत कार्यालय पर्साबाट २०६३ सालमा उक्त जमीन दर्ता भएको र उनीले लिखितरुपमा दाबी गरेपछि सो कार्यालयले सत्यतथ्य छानबीनका लागि प्रशासन कार्यालयमा उजुरी गरेको जनाएको छ । जमीनको मूल्य बढेको र अंसारीको दाबीसमेत भएपछि सिँचाइ कायालयका प्रमुख प्रशुन मिश्रले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङसमक्ष जमीनको सुरक्षा माग गर्नुभएको छ ।

कार्यालय प्रमुख प्रशुनका अनुसार उक्त सिँचाइ कार्यालयको त्यहाँ १० बिघाभन्दा बढी जमीन रहेको त्यसमध्ये सात कट्ठा १५ धुर जमीन पनि कार्यालयको रहेको प्रमाणसहित दाबी गरिएको छ । त्यो सम्पूर्ण जमीन २०३२ सालमा मुआब्जा दिएर खरीद भएको उहाँले लिखित प्रमाण देखाउनु भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार तत्कालीन नेपाल सरकारद्वारा २०३० सालका नेपाल राजपत्र भाग ३ मा जग्गा प्राप्ति ऐन २०१ अनुसार साबिक जिल्ला वारा वहुअरी गाउँपञ्चायत वडा नं ७ को कित्ता नं ०४ को सात कट्ठा १५ धुर जग्गा साबिक कार्यालय नारायणी अञ्चल सिँचाइ विकास योजनाको घरहरु निर्माणको निमित्त उक्त ऐन र जग्गा प्राप्ति नियम २०२६ बमोजिम क्षतिपूर्ति पाउने सूचना प्रकाशित भएको थियो र खरीद भएको थियो ।

उक्त जग्गा पिप्रा पञ्चायत–९ बस्ने सिलाखत मियाँको नाममा मकवानपुर मालबाट २०३० सालमा अंशबण्डा भई कायम भएको प्रमाणका आधारमा नारायणी अञ्चलाधीश कार्यालय वीरगञ्जको च नं २०७८ मिति २०३२÷०१÷२६ को पत्रबाट आवासीय घरहरु निर्माणका लागि निज सिलाखत मियाँको नामको कित्ता नं ४ को सो जग्गा तत्कालीन अञ्चल सिँचाइ विकास योजनाले अधिग्रहण गरी लिने निर्णय गरेको बताइएको छ । विसं २०३१÷०२÷०४ को निर्णयबमोजिम प्रतिकट्ठा रु एक हजारका दरले मुआब्जा रकम सम्बन्धित जग्गाधनीले बुझी लगिसकेको हँुदा निज व्यक्तिको नामबाट लगत कटा गरी जग्गा प्राप्ति ऐन २०१८ को दफा १७ बमोजिम तत्कालीन सिँचाइ विकास योजना वीरगञ्ज हाल (नारायण्ी सिँचाइ व्यवस्थापन वीरगञ्ज पर्साको) नाममा नामसारी दर्ता गरी जानकारी दिनु हुन भनी भूमि प्रशासन कार्यालय बारा कलैयाको नाममा पत्र प्रेषित भएको थियो ।

सिलाखत मियाँको मृत्युपश्चात् निजको चार छोरामध्ये तीन छोराको मञ्जुरी सनाखतले निजको साहिलो छोरा जहरुद्दिन अंसारीको नाममा गलत मनसाय राखी मालपोत कार्यालय पर्साले नाम सारी गरेको मिसिल फाइलसहित जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रमुख मिश्रले जानकारी दिनुभयो ।

उक्त जग्गा कार्यालयको आवासीय भोगचलनमा रहेकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सुरक्षाको माग गरिएको छ । त्यहाँ कम्पाउन्डमा रहेको सानो घर मुआब्जा दिएर सो कार्यालयले खरीद गरेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.