तेह्रथुम । विशेषज्ञ डाक्टर र सुविधा सम्पन्न अस्पताल नहुदा हैरानी खेपीरहेका स्थानीयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि खुसी व्यक्त गरेको छन् ।
विपन्न तथा आर्थिक कमजोर भएका नागरिकहरूले महँगा र टाढा रहेका अस्पतालहरूबाट स्वास्थ्य सेवा लिन मुस्किल बन्दै आएको अवस्थामा नागरिकहरूलाई सेवा दिने उद्देश्यका
साथ छथर गाउँपालिका तेह्रथुमले विजयपुर अस्पतालसँग समन्वय गरी गाउँको केन्द्रमा निःशुल्क रूपमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूले सेवा लिएका थिए।
धरान विराटनगर लगायतका अस्पतालहरूमा सेवा लिन लाइनमा बस्नु पर्ने, पैसा नहुँदा उपचार नगरी घर फर्किनु पर्ने समस्या भइरहँदा पाइएको सेवाले राहत मिलेको छथर ५ ओख्रेकी ७६ वर्षकी मनमाया खड्काले बताइन् ।
