भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

निकुञ्जमा यस वर्ष चोरी शिकारीबाट गैँडा मरेको पहिलोपटक

निकुञ्जमा यस वर्ष चोरी शिकारीबाट गैँडा मरेको पहिलोपटक

काठमाडौं । दुईवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जमा मारिएका छन् । अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको हो । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर तस्करले गैँडा मारेको निकुञ्जले जनाएको छ ।

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको बताइएको छ । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन् । निकुञ्जमा यस वर्ष चोरी शिकारीबाट गैँडा मरेको यो पहिलोपटक हो । गतवर्ष प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका थिए भने तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।

सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको जानकारी पाएपछि अनुसन्धान थालिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.