स्वमूत्रपान गरेपछि युवतीलाइ चिकित्सकले दिए यस्ताे सूझाव

स्वमूत्रपान गरेपछि युवतीलाइ चिकित्सकले दिए यस्ताे सूझाव

एजेन्सी । गाईको मुत अर्थत गौमूत्र (गहुँत) लाई पवित्र मानेर प्रयोग गरेको हामीले प्रत्यक्ष देखेकै हो । कतिपय धार्मिक आस्थाका आधारमा यसको प्रयोग गरिएको देखेकै छौं तर, मानिसकै पिसाब पिउने कुरा गर्दा कतिपयलाई आश्चर्य र अधिकांशलाई घिन लाग्न सक्छ । तर, यथार्थमा भन्नु पर्दा कतिपय मानिसहरू स्वमूत्रपान निरन्तर गरिरहेका छान् । तिनीहरु भनिरहेका छन् कि यसको प्रयोग गर्दा मानिस स्वस्थ भइरहने हुन्छ ।

हालै मात्र भारतकी एक ३३ वर्षीया योग प्रशिक्षक केली ओकलीले निरन्तर आफ्नो पिसाब पिउने गरेको बताएकी छन् । पिसाब पिउनाले स्वास्थ्य राम्रो हुने दाबी उनले गरेकी छिन् । आफूले पिसाब पिउन थालेदेखि स्वास्थ्य समस्यामा कमी आएको बताउँछिन् । जब देखि पिसाब पिए तब देखि आफूलाई थाइराइडको बिरामी र लामो दुखाइबाट छुटकारा मिलेको उनले बताईन् ।

एक समाचार एजेन्सीसँग उनले भनेकी थिइन, ‘मैले आफ्नो पिसाब पिउन थालेको छु, कोही मान्छेले यसलाई राइन थेरापी मान्ने गर्दछन्, तर यसलाई युरोपोफिया भनिन्छ । उनी भन्छिन्, ‘मैले सुनेको छु कि यसले प्रतिरक्षा पुनस्थापना गर्दछ, राम्रो स्वास्थ्यलाई बढावा दिन्छ र छालाको लागि राम्रो गर्छ ।हरेक दिन ताजा पिसाब पिउने र पिसाबले भिजेको कपडाले पुरै अनुहार सफा गर्दा छाला चमकदार हुने उनको दाबी छ ।

तौल कम गर्छ
क्यानडाको अलबर्टाकी ४६ वर्षीया लेह साम्पसनले पनि आफूले पिसाब पिउन सुरु गरेपश्चात् तौल घट्दै गएको दाबी गरेकी छिन् । भन्छिन्, ‘पहिला मेरो तौल १२० केजी थियो । काम गर्न पनि असहज हुने गर्दथ्यो । मैले आफ्नो पिसाब पिउन सुरु गरेदेखि आफ्नो तौल घटेको छ ।’ उनले धेरै तौल भएको मानिसलाई पिसाब पिउन सुझाब दिन्छिन् ।

युरिन थेरापीको लिंक युुट्युबमा पठाएको र त्यही हेरेर आफूले आफ्नो पिसाब पिउन सुरु गरेको उनले बताएकी छिन् । ३९ वर्षीया फेथ केन्टरले पनि त्यसैसँग सम्बन्धित सार्वजानिक भिडियो हेरेपछि पिसाब पिउन सुरु गरिन् । उनी भन्छिन्, ‘म एलर्जीबाट हैरान भएको थिएँ । मेरो आँखामा समस्या तथा सुगर पनि थियो । सुरु–सुरुमा खान घिन लाग्ने गर्दथ्यो । तर, दुई–तीन दिन सेवन गरेपछि सुगर कम भयो ।’

तर डाक्टर भन्छन्, पिसाब नपिउनुस्
कतिपय मानिस स्वस्थ र सुन्दर भइने लोभमा पिसाब पिउने गर्दछन् । तर, यसलाई स्वास्थ्यको लागि राम्रो नहुने सल्लाह दिन्छन् । पिसाब शरीरबाट निस्किएको विकार पदार्थ हो । डाक्टर जुबैर अहमदले भने, ‘पिसाब सामान्यतया जीवाणुरहित हुने गर्दछ, यदि तपाईको शरीरमा कुनै समस्या छैन भने ।

जब पिसाब शरीरबाट बाहिर आउने गर्दछ, ब्याक्टेरिया जीवाणुले प्रदुषित हुने गर्दछ । जसले गर्दा केही गभ्भीर शारीरिक जटिलता हुन सक्छन् र मानिस उल्टो बिरामीको सिकार हुन पुग्छन् । स्वस्थ मानिसको शरीरमा ९५ प्रतिशत पानी र ५ प्रतिशत अरू अवशिष्ट तत्व हुन्छन् । यी पदार्थमा पोटासियम र नाइट्रोजन हुन्छ । पिसाब पिउनाले फ्याँकिएको विकार तत्व पुनः मानिसको शरीरमा गई त्यसले शरीरलाई हानि पार्न सक्छ ।

 


Thali Mobile Pvt.Ltd.