भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६–७७ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभएको हो । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शोक प्रस्ताव पारित

सभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो । बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गयो ।

आमनिर्वाचन २०४८ सालमा तत्कालीन जनमोर्चाका तर्फबाट सिरहा क्षेत्र नं ५ बाट निर्वाचित ७५ वर्षीय तामाङको गत जेठ २० गते उपचारका क्रममा निधन भएको थियो ।

यसअघि बैठकमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

 


Thali Mobile Pvt.Ltd.