काठमाण्डौ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ स्वीकृत भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ निर्वाचन आयोगले स्वीकृत गरेको हो । निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन विभिन्न संयन्त्रमार्फत अनुगमन गर्ने र निर्वाचन आचारसंहिता कानुनी मात्र नभइ नैतिक बन्धन भएकाले गम्भीर भइ चुनावलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने काममा सहयोग गर्न आयोगले सबैसँग आग्रह गरेको छ ।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भइसकेको र खटन–पटनका लागि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भइ कार्यान्वयनमा आइसकेकाले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने काम भने जारी रहेको छ ।
