भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

निषेधाज्ञाबारे निर्णय गर्न सिडिओको बैठक बस्दै, लामो दुरीका गाडी सन्चालनबारे पनि छलफल हुने

निषेधाज्ञाबारे निर्णय गर्न सिडिओको बैठक बस्दै, लामो दुरीका गाडी सन्चालनबारे पनि छलफल हुने

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालनका सम्बन्धमा पनि छलफल हुने उनले बताए ।

लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । स्वास्थ्य मापदण्ड अपनाएर जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे छलफल भइरहेको उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ । उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.