भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बिरामी बढेसँगै रगतको अभाव

बिरामी बढेसँगै रगतको अभाव

काठमाडौँ । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ । सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपानेद्वारा जारी अपिलमा बिरामीको चाप बढेसँगै अस्पतालमा रगतको अभाव देखिएकाले रक्तदान गर्न सबैलाई अपिल गरिएको हो ।

जिल्लाका अस्पतालमा रहेका रक्त सङ्कलन केन्द्र, युनिट एवं क्षेत्रीय रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न सबैलाई अपिल गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रमा दैनिक १०० युनिट रगतको माग भइरहेको भए पनि अहिले रगत उपलब्ध गराउन नसकिने अवस्थामा पुगिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनअघि पोखराबाट ३५० युनिट रगत ल्याएका थियौँ । त्यसले धान्न सक्ने अवस्था छैन ।” जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा अस्पतालमा आएका बिरामीलाई रगत पु¥याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उहाँको भनाइ छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो । अहिले स्वयंसेवी रक्तदाता र बिरामीको आफन्तबाट रगतको माग धान्नुपरेको पौडेलले बताउनुभयो ।

कोरोनाको समयमा दैनिक ५० युनिट मात्र रगतको माग भए पनि निषेधाज्ञा खुकुलो भएसँगै रगतको माग बढेको हो । पौडेलले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप पुरानो अवस्थामा फर्किएकाले रगत पु¥याउन कठिन भएको छ ।” यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै भारतीय सीमा क्षेत्रबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउँछन् ।

 


Thali Mobile Pvt.Ltd.