भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेकपा भित्रको विवाद मिलाउन मन्त्री हेरफेरमा सरकार

नेकपा भित्रको विवाद मिलाउन मन्त्री हेरफेरमा सरकार

३२ साउन २०७७ काठमाडौं । नेकपा भित्र विवाद मिलाउन र शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर गरिने नेकपाका नेताले बताएका छन् ।

मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज अहिले नेकपाको सचिवालयमा चर्को रुपले उठ्दै आएको छ । सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन गरिनु पर्ने माग कतिपय नेताहरुले गर्दै आएका छन् । समग्र पार्टी पद्धति तथा सरकारका काम प्रभावकारी बनाउन कार्यदलले यसबारे विकल्प पेस गर्ने निश्चित भएको नेकपाका एक स्थायी समिति सदस्यले बताए ।

२ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना स्रोतको दावी छ । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको स्रोतले बताएको छ । नेकपा सचिवालय बैठक भोलि बस्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.