भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेकपा संकट, ४ प्रदेश सरकार ढल्ने अवस्थामा

नेकपा संकट, ४ प्रदेश सरकार ढल्ने अवस्थामा

काठमाडौँ । समानान्तर गतिविधि अघि बढिरहेको नेकपामा भित्र आफू निकटका नेतासँगको भेटघाट तीब्र पारिएको छ । अहिले छ । दुबै अध्यक्षले केन्द्रीय समिति बैठक बोलाएर भकाभक निर्णय पनि थालेका छन् ।

आफु निकटकालाई केन्द्रीय सदस्य थप गर्दै पार्टी बैधानीक्ता खोजिरहेका छन् । ओली समूहले पार्टीको प्रवक्ता परिवर्तन गरेको छ भने प्रचण्ड समूहले अध्यक्ष नै परिवर्तन गरेको छ । सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई प्रवक्ता ओली समूहले तोकेको छ भने प्रचण्ड समूहले केपी शर्मा ओलीलाई कारबाही गरेर पार्टी अध्यक्षमा माधवकुमार नेपाललाई चैन गरेको छ ।

नेकपा भित्रको आन्तरिक विवाद प्रदेश सरकार विभाजनसम्मको अवस्थामा पुगेको छ । प्रतिनिधिसभा विघटन भएको छ भने नेकपा नेतृत्वका प्रदेश सरकार संकटमा पर्न थालेका छन् ।नेकपाले नेतृत्व गरेका ६ प्रदेश सरकारमध्ये ४ सरकार अल्पमतमा पर्ने अवस्था बढेको छ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको निश्चित जस्तै भएको छ ।

कर्णाली प्रदेशमा बहुमत छ भने प्रदेशसभाका ४० मध्ये नेकपाका ३३ सांसद छन् । तीमध्ये प्रचण्ड–नेपाल पक्षका २१ र ओली पक्षका १२ सांसद छन् । ओली पक्षले उनीविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.