कार्यालय खर्च ६२ करोड, तीब्र विकास खर्चमा ३३ करोड

कार्यालय खर्च ६२ करोड, तीब्र विकास खर्चमा ३३ करोड

काठमाडौं । महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेको छैन । विकास खर्चको दर निरासाजनकमा छ ।

विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा समग्र खर्चको दर नै प्रभावित भएको छ । आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि राम्रो काम गर्न नसकेको जनगुनासो छ । महानगरपालिकाले चार महिनाको अवधिमा जम्मा १ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ ।

यो वर्षका लागि काठमाडौं महानगरपालिकाले १४ अर्ब २६ करोडको बजेट ल्याएको थियो । प्रशासनिक र कार्यालय सञ्चालनतर्फ ६२ करोड ३२ लाख खर्च भएको छ भने पूर्वाधार विकासको खर्च भने ज्यादै न्युन छ । ४ महिनामा काठमाडौं महानगरपालिकाले ३२ करोड ९४ लाख मात्रै विकास खर्च गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.