भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नेताहरुसँग माधव नेपालको भेटघाट बाक्लियो

नेताहरुसँग माधव नेपालको भेटघाट बाक्लियो

काठमाडौं । श्रीलंका भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भेटघाटमा व्यस्त छन् । कोलम्बोमा भारत र बंगलादेशका कम्युनिष्ट नेताहरुसँग भेटवार्तामा व्यस्त छन् ।

भारतीय कम्युनिष्ट पार्टी र बंगलादेशी कम्युनिष्ट पार्टीका नेताहरुसँग झण्डै डेढ घण्टा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको नेता नेपालले जानकारी दिए । त्यसैगरी श्रीलंकन कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि उनले छुट्टाछुट्टै र सामूहिक भेट गरेका छन् ।

यसक्रममा त्यहाँका पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतसँग कुराकानी भएको छ । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औं स्थापना दिवस तथा दक्षिण एसियाली कम्युनिष्ट पार्टीका नेताहरुको बैठकमा भाग लिन सोमबार दिउँसो काठमाडौंबाट कोलम्बो प्रस्थान गरेका थिए । सोही सन्दर्भमा हिजै त्यहाँका रास्ट्रपति र प्रधानमन्त्रीसङ्ग उनको शिष्टाचार भेट भएको छ ।

 


Thali Mobile Pvt.Ltd.