भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नेताहरुसँग माधव नेपालको भेटघाट बाक्लियो

नेताहरुसँग माधव नेपालको भेटघाट बाक्लियो

काठमाडौं । श्रीलंका भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भेटघाटमा व्यस्त छन् । कोलम्बोमा भारत र बंगलादेशका कम्युनिष्ट नेताहरुसँग भेटवार्तामा व्यस्त छन् ।

भारतीय कम्युनिष्ट पार्टी र बंगलादेशी कम्युनिष्ट पार्टीका नेताहरुसँग झण्डै डेढ घण्टा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको नेता नेपालले जानकारी दिए । त्यसैगरी श्रीलंकन कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि उनले छुट्टाछुट्टै र सामूहिक भेट गरेका छन् ।

यसक्रममा त्यहाँका पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतसँग कुराकानी भएको छ । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औं स्थापना दिवस तथा दक्षिण एसियाली कम्युनिष्ट पार्टीका नेताहरुको बैठकमा भाग लिन सोमबार दिउँसो काठमाडौंबाट कोलम्बो प्रस्थान गरेका थिए । सोही सन्दर्भमा हिजै त्यहाँका रास्ट्रपति र प्रधानमन्त्रीसङ्ग उनको शिष्टाचार भेट भएको छ ।

 


Thali Mobile Pvt.Ltd.